भरतपुर महानगरपालिकाले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुधबार एक भब्य समारोहका बिच बिदाइ गरेको छ । भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले एक भब्य समारोहका बिच प्रमुख जिल्ला अधिकारी तामाङलाई बिदाइ गर्नु भएको हो ।
बिदाइ कार्यक्रममा कार्यबाहक नगर प्रमुख अधिकारीले चितवन जिल्लामा रहदा प्रमुख जिल्ला अधिकारी तामाङले पुर्याउनु भएको योगदानको प्रशंसा गर्नु भयो ।
तामाङको कार्यकाल अवधिमा चितवनमा अपराधिक क्रियाकलापका घटनाहरु नभएको भन्दै कार्यबाहक नगर प्रमुख अधिकारीले खुशी समेत व्यक्त गर्नु भयो ।
उहाँले तिनै तहका निर्वाचन सौर्न्दर्य पुर्ण वातावरणमा सम्पन्न गर्न सफल गराइ दिनु भएको प्रती पनि धन्यवाद प्रकट गर्नु भयो । साथै आगामी दिनमा तामाङको उज्ज्वल भबिस्यको कामना पनि गर्नु भयो ।
बिदाइ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले चितवन सहित भरतपुर महानगरपालिकाको सेवा गर्ने मौका पाएकोमा गर्व गर्नु भयो । चितवन मेरो लागि छोटो बसाइ भए पनि यस जिल्लाका बिबिध क्रियाकलाप तथा अपराधिक घटनाहरुमा थोरै भए पनि सेवा गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा समय र मौका मिलेको खण्डमा फेरि पनि चितवन र भरतपुर महानगरपालिकाका जनताको सेवा गर्न आफू तयार रहने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना,उप सचिब गणेश नेपाली, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, महाशाखा तथा शाखा प्रमुख लगाएत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।
तामाङ चितवनबाट सरुवा भइ गृह मन्त्रालयमा जानू भएको हो । उहाँले चितवनमा १६ महिना ७ दिन काम गर्नु भएको छ ।

