नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले चितवनमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ। सोरुम समुद्घाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिव कार्की र सेल्स अफिसर गौरब घिमिरेको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिश होमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको एसडिएन टेक्नोलोजिजले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।
धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको एसडिएन टेक्नोलोजिजले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने संचालकले जानकारी दिए।
टाइम्स सेन्ट्रल डिलरसिप अन्तर्गत स्थापना गरिएको “एक्सक्लुसिभ स्वोरुम”ले अपेक्षित नतिजा ल्याउन सहयोग गर्ने पनि संस्थाका चितवन शाखाका प्रबन्धक युराज गिरीले बताउनु भयो।
आगामी दिनमा डिशहोमको व्यवसाय विस्तार देखि लिएर सम्पूर्ण ग्राहकहरुको चाहनाअनुसार गुणस्तरमा र सेवामा समर्पित हुँदै थप प्रभावकारी सेवा दिनका लागि “एक्सक्लुसिभ शोरुम” को सुरुवात गरिएको पनि शर्माले अवगत गराए।
हामी संग थप कुरा गर्दै डिशहोम चितवनका सर्भिस सेन्टर सुपरभाइजर प्रकाश पोखरेलका अनुसार डिशहोमका ग्राहकहरुको सेवाका लागि अनवरत रुपमा काम गरिरहेको र अझ प्रभावकारी ढंगले सेवालाई चुस्त दुरुस्त गर्नपनि सक्रिय रहेको बताए।




