मेघौली ।मेघौली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजनामा शनिबार पश्चिम चितवन पत्रकार मञ्चलाइ सम्मान तथा मेघौलीको पर्यटकिय बिकास तथा मानव र वन्यजन्तुविचको द्वन्द न्युनिकरण विषयक अर्न्तकृया कार्यक्रम सम्पन्न भएको छ।

मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष महतोले मेघौली माथि सरकारले ध्यान नदिएको वताए ।
कार्यक्रममा मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतो, मेघौली मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष रामचन्द्र भट्टराइ,समितीका सदस्य केसव भट्टराइ, राप्ति नियन्त्रण मध्यवर्ती वनका अध्यक्ष भिम बाहादुर कुमाल, भरतपुर महानगरपालिका २७ का वडासदस्य अर्जुन भण्डारी, समितिका सदस्य पुर्णबाहादुर कुमाल, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अनिल भट्टराइ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

