सर्वाेच्च अदालतकाे फैसलापछि अनागरिक बनेका रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाने भएका छन् । बिहान ११ बजे नागरिकताको प्रमाणपत्र लिन रवि प्रशासन कार्यालय जान लागेका उनीनिकट स्रोतले जानकारी दिएको छ ।
‘११ बजे जाने तयारीमा छौँ’, रविका सहयोगी प्रकाश सिग्देलले भने । कानुनविज्ञहरूसँग परामर्श गरेपछि लामिछाने नागरिकताको प्रमाणपत्र लिन जान लागेका हुन् ।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै सर्वाेच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेको थियो ।
अदालतको यो फैसलासँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

