नारायणपुर । भरतपुर ५ स्थित नेपाल रेडक्रस सोसाइटी नारायणपुर उप शाखाको २६ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सचिब नेत्रनारायण आचार्यले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष झलकप्रसाद सिग्देलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिय। भने कार्यसमिति सदस्य इन्द्रमणी गैरेले रेडक्रसका सात सिद्धान्त वाचन गरेकाथिए।
उपशाखाका सभापति शिबप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति शारदा पाण्डे, सचीव नेत्रनारायण आचार्य,ने रे सो चितवन जिल्ला शाखाका उपसभापति रत्नप्रसाद सापकोटा,विदुर केसी, मन्त्री हरिप्रसाद पौडेल र कोषाध्यक्ष बिजयराज खनाल, समाजसेवी देबकी गौतम , श्रीप्रसाद कंडेल, भदृकुमारी आधारभुत विद्यालयका अध्यक्ष राजु श्रेष्ठ, आजीबन सदस्य मिनप्रसाद चापागाईं , कमला भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिय ।
कार्यक्रममा निवर्तमान सभापति डा कृष्णप्रसाद सापकोटा,निवर्तमान उपसभापति देविप्रसाद आचार्य र पूर्व कार्यसमिति सदस्य एवं रोजगर्डेन टोलका अध्यक्ष निलकण्ठ अधिकारी, नारायणप्रसाद पौडेल,सुष्मा दुवाडी, प्रशंसा सापकोटा सम्मानित भएकाथिए।

