दिव्यनगर । भरतपुर महानगरपालिका वडा नं २६ मा बुधबारबाट ब्युटी पार्लर तालिम सुरू भएको छ ।
भरतपुर–२६ का वडा कार्यालयले आयोजना गरेको तालिमको शुभारम्भ गर्दै वडाध्यक्ष ज्ञानप्रसाद खनालले वडामा रहेका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यअनुसार महिलाहरुलाई विभिन्न तालिममा सहयोग गरिँदै आएको उल्लेख गरे । आर्थिक अवस्था कमजोर भएका महिलाहरुको आर्य आर्जनका लागि थप सीपमूलक तालिम आयोजना गरिने अध्यक्ष खनालले बताए ।
१ महिने तालिममा वडाभित्रका ३१ जना महिलाको सहभागिता रहेको महिला ब्युटी पार्लर तथा सीप विकास कार्यक्रम उपभोक्ता समितिकी अध्यक्ष सृजना पाण्डेले जानकारी दिइन् । तालिममा रेखा पौडेल र पार्वती पाठकले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा वडासचिव रामकृष्ण ढकाल वडासदस्यहरु रामकृष्ण चौधरी, सावित्री कोइराला, प्रकाश सुवेदी र गीता दर्जी, समितिका सचिव लक्ष्मी पौडेल ढकाल लगायतले मन्तव्य राखेका थिए ।


