पाण्डबखानी, माघ २७ : बाग्लुङ स्पोर्ट्स ग्रुप हङकङका अध्यक्ष तथा बाग्लुङ समाज हङकङका बरिस्ठ सल्लहाकार मेगराज पुनद्धारा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चलाई दुई ओटा मिकासा भलिबल र एक पम साथमा रु.१० हजार रकम क्लबका अध्यक्ष प्रकाश पुन र सचिव दिप घर्तीलाई हस्तान्तरण गर्नु भएको छ।
भलिबल,पम्प संगै रकम हस्तान्तरण गर्दै पुनले आफू गाउँमा हुदा यश क्लबबाट खेल खेलेकाे साथै क्लबमा रहेर विभिन्न कार्यक्रम संचालन गर्दै आएकाे हुदा र विदेशमा पनि आफू यहि क्षेत्रमा रहेर विभिन्न पदमा बस्दै गर्दा गाउँ आएकाे समयमा क्लबलाइ केही सहयोग गर्ने उदेश्यका साथ सहयोग गरेकाे र पाण्डबखानीमा विभिन्न क्लब रहेकाे र विशेषगरि घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पाण्डबखानीकाे पहिचान संगै यश गाउँमा रहेकाे विभिन्न कला, संस्कृतिकाे जगेर्ना गर्दै आईरहेकाे क्लब भन्दै टाेल – टाेलमा रहेकाे विभिन्न क्लबलाइ एकबद्धता गराई एकताकाे सन्देश दिन समेत पुनले अनुरोध गर्नु भएको थियाे।

बाग्लुङ स्पोर्ट्स ग्रुप हङकङका अध्यक्ष मेगराज पुनद्धारा घुम्टे क्लबलाई सहयोग
बाग्लुङ स्पोर्ट्स ग्रुप हङकङका अध्यक्ष मेगराज पुनद्धारा घुम्टे क्लबलाई सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

