गुञ्जनगर । भरतपुर–१८, गुञ्जनगरमा रहेको उन्नति महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका–१८ का वडाध्यक्ष बाबुराम राना प्रमुख अतिथि रहेको कार्यक्रममा लेखा संयोजक विपुला घिमिरे प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा भरतपुर–१८ की जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णभक्त भट्टराइ, वडासदस्य लक्ष्मी अधिकारी र दिलु गजमेर, नारी जागरण केन्द्रकी अध्यक्ष राधादेवी काफ्ले, शोभा ढकाल, ज्योत्सना ढकाल, कमलकान्त पौडेल, हरिकृष्ण सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष हरिकला ढकालको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका ज्येष्ठ सदस्यहरु ज्ञानीमाया सुवेदी र सुकमाया बिकलाइ सम्मान गरिएको थियो ।

