काठमाडौं – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।
कुशलले नामिबियाविरुद्ध ९९ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका छन् । कुशल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर बनेका छन् । कुशल ९९ बलमा ९ चौका र ४ छक्कासहित १ सय रनमा अविजित छन् ।
जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । कुशलको यो ओडिआई करिअरको पहिलो शतक हो । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् ।
यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक हानेका थिए । पारस खड्काले २०१९ मा युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । पारस नेपालको ओडिआईमा पहिलो शतक थियो । गतवर्ष पपुवा न्युगिनीविरुद्ध रोहित पौडेलले पहिलो खेलमा १ ससय २६ रन र दोस्रो खेलमा दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।
कुशल टि२० आई र ओडिआई दुबैमा शतक हान्ने नेपालको तेस्रो खेलाडी हुन् । कुशलअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले ओडिआई र टि२० आई दुबैमा शतक हानेका थिए । कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।
जुन ओडिआईमा नेपाली ब्याटरले गरेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए । तर ड्रिङ्स ब्रेकपछि पहिलो बलमै रोहित रुबेन ट्रम्पलम्यानको बलमा कट एण्ड बोल्ड आउट भए । स्वलो बलमा उनी झुकिन पुग्दा कट एण्ड बोल्ड आउट भएका थिए ।
कप्तान रोहितले दुई जीवनदान पाएका छन् । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए । रोहितले ३९ रनमा पुनः जीवनदान पाएका थिए । डिप मिडविकेटमा रोहितको सहज क्याच लो ह्यान्डी लरेन्सले छाडेका थिए । कुशल भुर्तेलले ब्यक्तिगत ५८ रनमा जीवनदान पाएका थिए । कुशलको क्याच जेन निकोल लोफ्टीले क्याच छाडेका थिए ।
नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरे ।
दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोेफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए । कुशल मल्ल ६ रनमा ट्रम्पलम्यानको बलमा बोल्ड आउट भए ।

