चितवन : ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) माथि नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको कार्यकक्षमा दुव्र्यहार भएको छ । नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग भइरहेको, नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने जनगुनासो आएपछि ग्यालेक्सी फो के टेलिभिजनकालागि रिर्पोटिङ्गमा पुगेका आचार्यमाथि मेयरको कार्यकक्षमै दुव्र्यवहार भएको हो ।
चितवन आजकर्मी समेत रहेका आचार्यले आफ्नो फेसबुक पेजमा एउटा भिडियो अपलोड गर्दै दुव्र्यहारबारे खुलाएका छन् । मेयरले दुव्र्यहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।
महासंघका सचिव दीपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्लोक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।
उनको स्टाटसको अंश
नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग,
नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने गुनासो आएपछि
ग्यालेक्सी फोके टेलिभिजन (सिधाकुरा प्रयोजन) का लागि म हिरालाल आचार्य (डायमण्ड) रिर्पाटिङ्गमा गएको र
त्यस विषयमा गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीसँग प्रतिक्रिया लिनका लागि कुरा राख्दै गर्दा मेयर एक्कासि जंगिए र अन्य ५/७ जनाको टोली मिलेर थर्काउने, धम्काउने, तँ कसले पठाएर आएको भन्ने, खबरै नगरि किन नगरपालिका आएको भन्ने, कुट्नै खोज्ने जस्ता गतिविधि म माथि भयो ।
त्यसपछि मैले म कहाँ छु, के गरिरहेको छु, अहिले यहाँ के भइरहेको छ भन्ने सबै कुरा टेलिभिजनको सबै टिमलाई थाहा भइरहेको हुन्छ । हामीसँग त्यस्तो संयन्त्र हुन्छ त्यसैले तपाईंहरुले धम्काएर कुट्न खोजेर म डराउँदिन । म अब भिडियो रेकर्ड नै गर्छु भनेर मोबाइलको क्यामरा अन गरेँ । त्यसपछि ३/४ जना केटाहरु बाहिरिहाले । बाँकी त्यहीँ बसे ।
त्यसपछि मैले मोबाइलमा भिडियो गर्दै कुरा गरेको छु । ७ मिनटको कुराकानीपछि म बाहिरिएँ । मेयर भिडियो गर्दा पनि निकै जंगिएका छन् । तँलाई जवाफ दिन्न जहाँ गएर जे गर्छस् गर भनेका छन् ।
अघिल्लो दिन फिल्डमा जाँदा म साथीहरुसँग मिलेरै गएको थिएँ । तर नगरपालिकाको कार्यालयमा भने साथी नचाहिने सोचेर साथीहरुलाई दुखः दिइन् । तर त्यही नगरपालिकामा जनप्रतिनिधिबाटै असुरक्षित हुनुप¥यो ।


