माडी। चितवनको माडीमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बसन्तपुर युथ क्लबको आयोजनामा छैठौं वातासिनो माडी क्रिकेट कप २०७९ यहि फागुन १४ गते देखि संचालन हुन लागेको हो।
फागुन २१ गते सम्म संचालन हुने प्रतियोगितामा माडीको एक टिम सहित नेपालका उत्कृष्ट अन्य ७ क्रिकेट टिमहरुको सहाभागिता रहनेछ। प्रतिय ोगितामा माडी ११ सहित लुम्बिनी नवयुवा क्लब लुम्बिनी, मिक्समाडौं क्रिकेट क्लब काठमाडौं, रामग्राम किंग्स नवलपरासी,इ–प्लानेट गैंडाकोट, बैरिया टाँडी क्रिकेट क्लब रत्ननगर, गरुडा क्रिकेट टिम रौतहट र कलैया क्रिकेट क्लब बाराले सहभागिता जनाउने आयोजक बसन्तपुर युथ क्लबले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद ३ लाख १० हजार एवं उपविजेताले १ लाख ५५ हजार सहित दुवै टिमले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसका अतिरिक्त प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुन सफल खेलाडी तथा प्रशिक्षकहरुलाई समेत पुरस्कृत गरिने आयोजकको भनाइ छ ।
प्लेयर अफ दि टुर्नामेन्टले नगद १५हजार,बेष्ट बलर एवं ब्याट्सम्यानले नगद १०÷१०हजार,बेष्टपिÞmल्डरले नगद ८ हजार,इमर्जिङ्ग प्लेयर÷बेष्ट कोच÷ अनु शासित टिमलाई नगद ५ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा चितवन वातासिनो,मुख्य प्रवर्द्दकको रुपमा माडी नगरपालिका तथा प्रवर्द्दकको रुपमा नेपाल क्रिकेट संघ चितवन, नगर खेलकुद विकास समिति माडी नगरपालिका र माडी नगर पालिका वडा नम्बर ३ को कार्यालय रहेका छन् ।

