स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहमा भर्खरै बढुवा भएका दुई जना चिकित्सक सहित तीन जनाको पदस्थापन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदयेष त्रिपाठीले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै डा पवनजंग रायमाझीलाई स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको जिम्मेवारी तोकेका छन् ।
यस्तै डा रोशन न्यौपानेलाई भरतपुर अस्पतालको मेडिकल सुपरइन्टेडेन्टको जिम्मेवारी तोकेका छन् । यस्तै बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झालाई प्रदेश स्वास्थ्य निर्देशनालयको २ नं प्रदेशको निर्देशक पदमा जिम्मेवारी तोकेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।
उपचारात्मक महाशाखामा यसअघि जिम्मेवारीमा रहेका डा मदनकुमार उपाध्यायको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारीमा छन् । यस्तै भरतपुर अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयमा निमित्तको भरमा चलेको थियो ।
मन्त्री त्रिपाठीले गत साता मात्रै तीन जना एघारौँ तहका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेका थिए ।
स्रोत: नेपाली हेल्थ