लगातारको हारपछि बार्सिलोनाले पुनरागमन गरेको छ। स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चीरप्रतिद्वन्दी रियल म्याड्रिडलाई १-० ले पराजित गरेको हो।
रियल म्याड्रिड विरुद्धको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पहिलो हाफमा लिएको एक गोलको अग्रता निर्णायक बनेको थियो।
खेलमा घरेलु मैदानमा रियलले तुलनात्मक रूपमा बढी अवसरहरू सिर्जना गरे पनि गोल गर्न असफल हुँदा पहिलो लेगमा पछि परेको हो।
रियललाई उसकै मैदानमा पराजित गर्न इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको थियो।
मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। अब दुई टोलीबीचको दोस्रो लेग ५ अप्रिलमा बार्सिलोनाको घरेलु मैदानमा नउ क्याम्पमा हुने छ।

