
चनौली । देवघाट क्षेत्र बिकास समितिका नव नियुक्त कार्यकारी निर्देशक शदन बराललाइ शुक्रबार चनैलीमा सम्मानित भएका छन।
कार्य समिति सदस्य समेत रहेका बराललाइ नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाले सम्मान गरेको हो। उनी नेपाल सरकारको मन्त्री स्तरिय निर्णय अनुसार कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापती ओमप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यकममा सचिव चूडामणि पौडेल,कोषाध्यक्ष हुमराज रेग्मी, उपसचिव कालिका खनाल, पुर्वसभापति लक्ष्मीकान्त दवाडी, भरतपुर–२० का वडाध्यक्ष मुक्तीप्रसाद घले, गुञ्जनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष महेन्द्र गुरूङ, चनौली स्थित कल्याण आमा समूहकी अध्यक्ष बिष्णुमाया पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त अवसरमा सम्मानित व्यक्तित्व कार्यकारी निर्देशक बरालले रेडक्रसको मानव सेवाको भावनालाइ सदैव आत्मसाथ गर्ने वताए।


