चितवन, फागुन २१ :जिल्ला प्रशासन कार्यालय चितवनले एक आपसमा खुसी साटासाट गर्ने फागु पर्वमा व्यक्तिको इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई नछाड्ने जनाएको छ ।
आज एक सूचना जारी गर्दै प्रशासनले कसैले होलीको अवसरमा अराजक र उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध गरेको हो । सूचनामा कानुन विपरितका गतिविधिहरु गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ । सूचनामा भनिएको छ,‘ होली पर्व हर्षाेल्लासपूर्वक मनाउने नाममा व्यत्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङ्खल एवम् अवाञ्छित क्रियाकलाप गर्न नगर्न अनुरोध गर्दछौं ।’

