
गुञ्जनगर । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर भरतपुर १७ स्थित शान्ति बुहारी आमा समुह जुङेटोलले सास्कृतिक कार्यक्रम अयोजना गरेको छ ।
भरतपुर १७ का वडाध्यक्ष ललितमान तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा वडाध्यक्ष तामाङले ग्रामिण क्षेत्रका आम नारिहरुको समस्याहरुलाइ उर्जागर गर्न आवश्यक रहेको कुरा बताउदै नारी प्रेरणादायी कार्यक्रमले नारिहरुमा थप सशक्तिकरणमा सकारात्मक उत्प्रेरणा मिल्ने बताए।
उक्त अवसरमा अधिवक्ता तुलसी राम पाण्डे, चित्रवन इङलिस बोर्डिङ स्कुलका प्राचार्य भगवती पाण्डे, चन्द्रमाया थापा,परिमाया थापा,भरत पौडेल,पुनम थापा लगायतले मन्तव्य व्यक्त गरेकाथिए।समुहकी अध्यक्ष धनमाया थापाको सभापतित्वमा कार्यक्रम भएको थियो।

