
ज्योतिनगर । भरतपुर महानगरपालिका–२६, ज्योतिनगरमा रहेको कालिका मन्दिरको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकोछ।
बाग्मती प्रदेश सरकारका पुर्वसहकारी मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा सचिवमा सुनबहादुर गुरूङले मन्दिरको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लोकनाथ रेग्मीले अर्थिक प्रतिवेदन प्रश्तुत गरेका थिए।
श्री कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ घिमिरेको अध्यक्षमा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेशका पुर्व सासद कृष्णप्रसाद भुर्तेल, भरतपुर महानगरपालिका २६ का वडाअध्यक्ष ज्ञानप्रसाद खनाल, मन्दिरका पूर्वअध्यक्ष दलबहादुर गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए।उक्त अवसरमा मन्दिरको चाैतर्फी बिकासका निम्ती अतुलनिय योगदान दिने सहयोगदाताहरूलाइ सम्मान गरीएको थियो ।
पश्चिम चितवनको धार्मिक र ऐतिहासिक धरोहरको रूपमा स्थापित भइसकेको कालिका मन्दिरको ५०० बढी साधारण सदस्य रहेका छन् । विसं २०२७ सालमा स्थापना भएको मन्दिर ८ कठ्ठा क्षेत्रफलमा रहेको छ । मन्दिरमा परिसरमा १०८ शिवलिङ्गसहित विभिन्न देवीदेवताका मन्दिर रहेका छन् । राज्यले संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा तथा उचित प्रचारप्रसार हुन नसक्दा प्राचीन कालिका देवीको मन्दिर ओझेलमा परेको अध्यक्ष घिमिरे वताउछन।

