
गंगानगर । भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरमा “विद्यालय नर्स” कार्यक्रमको शुरुवात गरिएको छ।
कार्यक्रमको भरतपुर १३ वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन बुधवार गरेका छन। स्टाफ नर्स अनु आचार्यले शिक्षक ,विद्यार्थीको सामान्य स्वस्थ परिक्षण गरि कार्य प्रारम्भ गरेकी थिइन ।
विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुमा आधारभुत स्वास्थ्य सेवा दिई, आपतकालिन रुपमा आईपर्ने विभिन्न स्वास्थ्य समस्याहरुलाई समयमै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले नर्स कार्यक्रम संचालन मा आएको बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीले बताए।
कार्यक्रममा बिधालयका प्र.अ.गणेश सुवेदी तथा सा.प्र.अ माधब पौडेल र राजु अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । परिक्षण कार्य बिद्यालयको समय भित्र रहने जानकारी गरिएको छ । विद्यालय नर्स कार्यक्रम चितवनमा नाम चलेका केहि विद्यालयले मात्र संचालन गरेका छन्।

