चितवन – चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासिय माध्यमिक विद्यालयमा नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की सम्मानित हुनुभएको छ ।
विद्यालयको ३१औँ अभिभावक दिवस एवम् सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका गायक कार्कीलाई सम्मान गरिएको हो । गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उहाँले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।
कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु् खाँडलाई पनि सम्मान गरिएको थियो ।भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रशेन अधिकारी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ॠषिराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे र सहायक प्रधानाध्यापक दिवस घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।