ज्योतिनगर । नेपाली सांगीतिक क्षेत्रका चर्चित सदावहार बरिष्ठ गायक आनन्द कार्की पश्चिम चितवनको ज्योतिनगरमा सम्मानित भएका छन ।
भरतपुर महानगरपालिका वडा नम्वर २६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासिय माध्यमिक विद्यालयको ३१औँ अभिभावक दिवस एवम् सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका गायक कार्कीलाई सम्मान गरिएको हो ।
उक्त अवसरमा वोल्दै गायक कार्कीले यो सम्मानले थप जिम्मेवार बनाएको छ र आगामी दिनहरुमा यस्तै आम श्रोत्रा, दर्शकहरु साथ सहयोगको अप्रेक्षागरेको वताए।
कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु् खाँडलाई पनि सम्मान गरिएको थियो । भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋृषिराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे र सहायक प्रधानाध्यापक दिवस घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिय।