माडी । चैत ५ गते हुने स्व.बि.यु. निर्वाचनकोलागी माडी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनको प्यानल र अनेरास्वबियु एकल प्यानल खडा गरी चुनाबी स्पर्धामा भिँडेका छन ।
स्व.बि.यु. अध्यक्षमा संयुक्त बिद्यार्थी संगठनबाट अध्यक्षमा रबि भुर्तेलको उम्मेदवारी दर्ता भएको छ ।सो क्याम्पसमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल (क्रान्तिकारी),नेपाली काँग्रेस सम्बद्ध ने.वि.संघ,नेकपा(एकीकृत समाज वादी) सम्बद्ध अनेरास्ववियू र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध रा.प्रा.वि. संघले गठनबन्धन गरी संयुक्त विद्यार्थी संगठनको प्यानल खडा गरेका छन् ।
संयुक्त प्यानलबाट प्रत्यक्ष निर्वाचनतर्फ सचिवमा ने.बि.संघका विकास (भरत) ढकाल र कोषाध्यक्षमा अखिल(क्रान्तिकारी)का सन्ध्या लामिछानेको उम्मेदवारी रहेको छ। त्यस्तै सदस्यहरुमा रा.प्रा.वि.संघका निभाकुमारी महतो, ने.बि. संघका सुरज लामिछाने र अखिल (क्रान्तिकारी)का अनिता अधिकारी एवं सजिता काफ्लेको उम्मेदवारी रहेको छ ।
यसै गरी अध्यक्षमा अनेरास्वबियुबाट राकेश चौधरीको उम्मेदवारी दर्ता भएको छ ।नेकपा (एमाले) सम्बद्ध सो विद्यार्थी संगठन माडी क्याम्पसमा एकल प्यानल खडा गरी चुनाबी प्रतिस्पर्धामा भिँडेकोछ ।
प्रत्यक्ष निर्वाचन हुने पदहरु अन्तरगत सचिवमा पुजा घिमिरे, कोषाध्यक्षमा सुमन रानाभाट र सदस्यहरुमा अनुज भण्डारी, सुजिता अधिकारी, ममता बरुवाल र मदन पौडेलको उम्मेदवारी रहेको छ ।यसै गरी सचिव पदमा स्वतन्त्र उम्मेदवार विकास ओझाको उम्मेदवारी दर्ता भएको छ । संगठनका प्यानलहरू बाहिर एकजना ओझाको मात्रै स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

