शिवनगर । “गरौ योग रहौं निरोग“ भन्ने मुल मन्त्रका साथ भरतपुर १५ महेन्द्रचोकमा एक हप्ते निशुल्क योग शिविरसुरु भएको छ।
कृष्ण केसी प्रतिष्ठानद्वारा पतन्जली योग विज्ञान समिति चितवनको सहयोगमा आयोजित शिविर भरतपुर १४ राधापुरमा रहेको शक्ति आधारभुत विद्यालय प्राङगणमा शिविर सुरु भएको हो।
शिविरको नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखा भरतपुर १४, नविन प्रविधि कृषि सहकारी संस्था भरतपुर १५,अर्थ गणेश बचत तथा ऋण सहकारी संस्था भरतपुर १५ र शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारी भरतपुर १४ सह आयोजक रहेका छन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गरेकी हुन।
कृष्ण केसी प्रतिष्ठानका अध्यक्ष विदुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १४ का वडा अध्यक्ष राजेन्द्र साखिं, वडा न १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा लगायत विभिन्न धार्मिक अनुष्ठानका प्रमुख एवम् विभिन्न सामाजिक,धार्मिक व्यक्त्तित्व हरुको उपस्थिति रहेको थियो ।
योगको माध्यमबाट समाजमा सकरात्मक परिवर्तनकानिमित्त कृष्ण केसी प्रतिष्ठानद्वारा विविध कार्यक्रम सचालन गर्दै आइरहेको सस्थाका अध्यक्ष विदुर केसीले वताए।योग शिविर चैत्र १० गतेसम्म सञ्चालन हुनेछ । विहान ५ः३० देखि योग शिविर सञ्चालन हुनेछ ।


