गितानगर । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरि मनाएको छ ।
’जातीय विभेद उन्मुलन गरौ समतामूलक समाज निर्माण गरौ छुवाछूत ः मानबता विरुद्ध अपराध हो छुवाछूतमा सङलग्नलाइ कानुनी कार्बाही गर’ भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम अन्तरगत पारिजात आ.मा.बि भरतपुर ६ चोक बजार र श्री राष्ट्रिय माध्यमिक बिद्यालय तोरिखेतर, कैलाश नगर मा बि र कालिका संस्कार कुलम सेकेन्डरी स्कुलमा बिद्यार्थीहरु बीच कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै बिहान भरतपुरको चौबीस कोठिमा प्रदर्शन गरेको थियो ।
कार्यक्रममा पुर्व शाखा सभापति अनन्त ढुंगाना शाखा शाखा सचिब जीवन के सि शाखा कोषाध्यक्ष तारा पौडेल कार्यसमिति सदस्य सुप्रिर्या सापकोटा ,सुशील राना, झलकप्रसाद अधिकारी ,खेमराज अधिकारी,आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं, रुबिशा कोइराला ,माया पोख्रेल, बिश्वराज ढुङ्गाना, ऋषिराम खनिया,लक्ष्मी सुवेदी श्री राष्ट्रिय माबिका प्रधानाध्यापक करुणा पण्डित, पारिजात आ.मा.बिका प्राबी तह प्रमुख मार्कण्ड खनाल लगायतको उपस्थिति रहेकोथियो ।
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतको सभापतित्वमा कार्यक्रम भएको थियो