शारदानगर । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगर स्थित खुल्ला मैदानलाई बखान स्मृति मिनी रंगशाला बनाउने काम सुरु भएको छ ।
नेपालको सहकारीका जन्मदाता तथा तत्कालीन पूर्वकानुनमन्त्री बखानसिंह गुरूङको स्मृतिमा रंगशाला निर्माण गरीएको हो।
राष्ट्रिय खेलकुद परिषदले वहुवर्षिय योजना अर्न्तगत ५० लाख विनियोजन भै क्षमता विस्तार सुरु गरिएको रंगशाला निर्माण उपभोक्ता समितीका अध्यक्ष बिजय घलेले वताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले रंगशाला निर्माणका निम्ती वजेट उपलब्ध गराउने अश्वासन दिए वमोजिम रंगशालालाइ वहुवर्षिय योजनामा राखेर फुटवल रंगशाला बनाउने अभियान अध्यक्ष घलेले वताए।
पहिलो चरणमा रंगशालाको कम्पाउण्ड,पोलजाली तथा फुटवल ग्राउण्डको काम हुने उनले वताए। लागतको ३० प्रतिशत समुदायबाटै जुटाउनुपर्ने भएको ले स्थानिय युवाहरू अभियानमा सरीक भएको उनले वताए।
रंगशाला निर्माणका निम्ती वाग्मति प्रदेश सरकारबाट रू १० लाख र भमनपा वडा नं. १९ वडाकार्यालयबाट रू १३ लाख समेत विनियोजित भएको उनले वताए।
शारदा माबि र शहिद स्मारक कलेजको विचमा रहेको खेलकुद मैदान नमुना बनाउन लामो समयदेखी प्रयास गरिरहेको खेलमैदान संरक्षण समितीका अध्यक्ष अशोक गुरूङले वताए।