
शारदानगर,। भरतपुर महानगरपालिका-१९ मा रहेको प्रस्तावित बखान मिनि रंगशाला शारदानगर खेल मैदानमा आज देखि सुरुवात भएको प्रथम बखान च्याम्पियन कपको उद्धाटन खेलमा चन्द्रनगर फुटबल क्ल्व भरतपुर-२० लाई २ गोल गर्दै नगर प्रहरी भरतपुरको टोलिले बिजयी हासिल गरेको हो।
युवा तथा खेलकुद बिकास समिती,भरतपुर-१९ र शारदानगर भुतपुर्व सनिक कल्याणकारी सस्था भरतपुर-१९ को आयोजनामा भएको प्रतियोगिता चैत्र २० गते सम्म संचालन हुने छ।

प्रतियोगिता, बागमती प्रदेश सभा सदस ज्ञानु जङ लामाले उद्द्घाटन गर्नुभएको हो। खेलको २५ औ मिनेटमा नगर प्रहरिका कप्तान मन बहादुर लामाले गोल गरेर अग्रता दिलाएका थिए। खेलको ६५ औ मिनेटमा गोल गर्दै आफ्नो टिमको लागि उत्कृष्ट खेल प्रदर्शन गरेका रचिन मगर प्येयर अफ दि म्यात्च चुनिए।

प्रतियोगिताको क्याम्पियन हुने टोलिले नगद रु.१ लाख ११ हजार १ सय ११ सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ्न भने उपबिजेता टोलि नगद रु.५५ हजार ५ सय ५५ सहित मेडल र प्रमाणपत्र मात्र पाउने छन्। प्रतियोगिताको दोस्रो खेल र तेस्रो खेल १४ गते नै हुने भएको छ।
भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी तोपमान गुरूङ,चन्द्रध्वज गुरूङ,बेलबाहादुर गुरूङ भरतपुर १७ का वडाध्यक्ष ललितमान तामाङ,भरतपुर२० की महिला सदस्य प्रभा कोइराला,भुपु सैनिक कल्याणकारी सस्थाका अध्यक्ष क्या.हुत्तमान गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

