
मेघौली। होटल व्यवसायी संघ चितवन अन्तर्गत मेघौली इकाईको अध्यक्षमा सन्देश चापागाई निर्वाचित भएका छन
भरतपुर २८ गोलाघाट पार्क , मेघौलीमा भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले चापागाईंको अध्यक्षतामा ११ सदस्यिय समिती निर्वाचित गरेको हो।
त्यस्तै मेघौली इकाईका उपाध्यक्षमा हरीबहादुर महत्तो, सचिवमा हरी गोविन्द कुमाल, कोषाध्यक्षमा राजु चौधरी चयन भएका छन भने सदस्यमा भिमसेन कुमाल, मुनमाया कुमाल, पवन पौडेल, विक्रम महत्तो, खेम बहादुर गुरुङ्ग, नवराज कार्की, कृष्ण प्र. गुरुङ्ग चयन भएका छन।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हडखोलेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पश्चिम चितवनका होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो।इकाईका निवर्तमान अध्यक्ष राम कुमार महत्तोको सभापतित्वमा भएको कार्यक्रम भएको थियो।

