काठमाडौं, चैत १९ : नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।
नेविसंघ का सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।
पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

