शारदानगर । भरतपुर–१९ स्थित नव जागृति महिला वहुउदेश्यीय सहकारी सस्थाले ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ।
वाग्मती प्रदेश सभा सदस्य ज्ञानजंग लामाको प्रमुखअतिथि रहेको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्यहरु माया श्रेष्ठ र गिता गुरूङ, भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङ,स्थानीय समाजसेवीहरु तोपमान गुरूङ, चन्द्रध्वज गुरूङ, शहीद स्मृति कलेज शारदानगरका अध्यक्ष बेलबहादुर गुरूङ लगायतले सहकारीका पिता भनेर पनि चिनिने बखानसिंह गुरूङको भूमिकाको बारेमा चर्चा गर्दै मन्तव्य राखेका थिए साथै स्व.सिहको सालिकमा माल्यार्पण गरीएको थियो ।
‘सहकारीको दिगोपनाःस्व–नियमन र सुशासन’ भन्ने मूल नाराका साथ सोमबार विविध कार्यक्रमका साथ ६६औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । विसं २०१३ साल चैत्र २० गते चितवन जिल्लाको शारदानगरमा नेपालमै पहिलोचोटि सहकारी संस्थाको स्थापना भएको थियो । त्यसै दिनलाई स्मरण गरेर सोमबार देशव्यापीरुपमा नै राष्ट्रिय सहकारी दिवस मनाइन्छ।संस्थाकी अध्यक्ष शान्तमाया गुरूङको सभापतित्वमा कार्यक्रम भएको थियो।


