दिव्यनगर । भरतपुर २६ मा तिन महिने सिलाइ बुनाइ आधारभुत सिलाइकटाई तालीम सुरु भएको छ ।
भरतपुर महानगर २६ को सहयोगमा लक्षित समुह शिपमुलक तथा आय मुलक क्षमता विकास समितिको आयोजनामा सोमबार देखी तालिम सुरु भएको छ ।
भरतपुर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडासदस्य साबित्री कोइराला ढकाल,वडासचीव रामकृष्ण ढकाल, प्रशिक्षक रेखा महतो वडासदस्यहरु प्रकाश सुबेदी, सिता दर्जि लगायतले मन्तव्य व्यक्त गरेका थिए।
समितिकी अध्यक्ष जयसरा थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। ५१ जना प्रशीक्षार्थीहरु सहभागी रहेकाछन।

