सुरेश छन्त्याल/ गलकाेट : शुक्रबार विहान करिब साडे ८ बजेकाे समयमा गलकाेट नगरपालिका १० पाण्डबखानीका अम्मर बहादुर श्रीसकाे गाेठमा आगलागि भएको छ ।स्थानीय बलहादुर श्रीस नजिकैको बारिमा जाेठ्दै गर्दा गाेठमा केही आगाेकाे मुस्लो देखि पछि गाेठमा रहेकाे ४ बाख्रा र ५ गाईलाई छुट्टै ठाउँमा सारेपछि बस्तु भाउ सुरक्षित रहेकाे र विहानकाे समय भएर करिव साडे २ सय स्थानीयहरुकाे सक्रियतामा आगाे नियन्त्रणमा लिएपनि गाेठभित्र रहेकाे भाडाकुडा,अन्न, लत्ताकपडा, काठ-दाउरा साथमा करिव ७० हजार पैसा जलेर नष्ट भएको छ । बस्तुभाउलाइ पानी तताएर घाँस काट्न गएकाे बेलामा आगाे ठुलाे फैलिएर गाेठ जल्दा करिव साडे ४ लाख बराबरको क्षति भएको टाेल संस्थाका संयाेजकले जानकारी दिनुभयाे ।

