चनौली । भरतपुर महानगरपालिका–२०, भीमनगरमा अवस्थित उन्नत गाईपालन समूह नं ५४ को अध्यक्षमा चूडामणि उपाध्याय चयन भएका छन् । शनिबार भीमनगरमा सम्पन्न २३औँ विशेष साधारण सभा तथा १२औँ अधिवेशनले उनको अध्यक्षतामा पाँच सदस्यीय समिति चयन गरेको हो ।
समूहको उपाध्यक्षमा धनप्रसाद भूषाल, सचिवमा हुमनाथ ढकालका साथै सदस्यहरुमा खिनीमाया पौडेल, टंकप्रसाद पौडेललगायत रहेका छन् भने चूडामणि पौडेल संयोजक, देनप्रसाद लामिछाने र कृष्णकला पौडेल सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरिएको छ । संस्थाका सल्लाहकार इन्द्रमणि ढकालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव चूडामणि उपाध्यायले संस्थाको प्रगति प्रतिवेदन तथा आयव्यय विवरण पेश गरेका थिए ।
समूहका अध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार संयोजक एकनारायण पौडेल, पूर्वअध्यक्ष नारायणदत्त रिमाल, पूर्वअध्यक्ष होमनाथ लामिछाने, पूर्वलेखा समिति संयोजक ओमप्रसाद लामिछाने, डिल्लीराम दवाडी, हुमनाथ ढकाल, टंक पौडेल, धनप्रसाद भुसाल, मानदेव पौडेल, रोहिणीदेव दुवाडी, डिल्लीराज रेग्मी र सुकदेव दवाडीलगायतले मन्तव्य राखेका थिए ।
१० जना किसान मिलेर भैँसीपालन समूहको नामबाट ३० वर्षअघि सुरू गरिएको संस्था हाल २४१ जना कृषकहरु सस्थामा आवद्ध रहेका छन् । समूह नमुना डेरी तथा बचत कारोवारका र समाजसेवाका विभिन्न क्रियापलापमा सक्रिय रहेको संस्थाका पूर्वलेखा समिति संयोजक ओमप्रसाद लामिछानेले जानकारी दिए । फर्ममा दैनिक एक हजार लिटर दूध सङ्कलन हुने उनले जानकारी दिए ।