गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ चाैकीमा स्व. दिलबहादुर थापा(बुढा)काे धर्मपत्नी हाल बेलायत निवासी असारी थापा(बुढा) मार्फत पाण्डबखानी स्वास्थ चाैकीमा उपचारथ सुत्केरी हुन आउने गरिब तथा अशाह्य महिलाहरुका सहयाेगार्थ रु.एक लाख पाँच सय ५५ अक्षयकोष निर्माण गर्नु भएको छ।
त्यस्तै असारी थापा(बुढा)ले नव प्राविमा पनि रु. पचास हजार बराबरको अक्षयकोष निर्माण गर्नु भएको छ। उक्त अवसरमा बाेल्दै पाण्डबखानी समाज युकेका अध्यक्ष तथा बागलुङ समाज युकेका बरिस्ठ उपाध्यक्ष खड्क बहादुर थापाले हामी जहाँ भएपनि जन्मभुमि प्रति हाम्रो सधैं सत्भाव रही रहने तथा यहाकाे रहेक समस्यामा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियाे।