चितवन, वैशाख ७ :पाँचदलीय गठबन्धनले बारा २ र चितवन २ मा आज (बिहीबार) चुनावी आमसभा गर्दैछ । गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ को महागढीमाईस्थित बरियारपुरमा बिहानको ११ बजेबाट चुनावीसभा गर्दैछ ।
त्यसपश्चात दिउँसो ३ बजे चितवनको कालिका नगरपालिकामा चुनावी सम्बोधन गर्न आउने गठबन्धनको तयारी छ । चितवन २ बाट गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा भोट माग्न आउने भएका हुन् ।
चुनावीसभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

