चितवन । चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले “रबि दाइ हाइ हाइ” भन्दै नाराबाजी गरेपछि अन्य दलका कार्यकर्ताले बिरोध जनाएका थिए त्यसलगत्तै नयाँकिरण मावि मतदान स्थलमा तनाव सृजना भएको हो ।
त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।