निराजन सिर्पाली । बृहत् पूर्वी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ ।मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेडिङ सेन्टर रुकुम पूर्वको आयोजनामा सम्पन्न महोत्सवको आय व्यय सार्वजनिक गरिएको हो ।
शुक्रबार बि एल बि होटेलमा पत्रकार सम्मेलन गदै उक्त आय व्यय सार्वजनिक गरीएको हो । जस्मा आय तर्फ प्रायोजनबाट २ लाख ५० हजार स्टिलबाट ५ लाख टिकटबाट २० लाख गरेर टोटल २७ लाख ५० हजार आय तर्फ भएको आयोजकले बताएको छ । त्यस्तै व्यय तर्फ कलाकार खर्चमा १२ लाख ५० हजार यातायातमा १ लाख ८० हजार टेन्ट हाउसमा ४ लाख साउन्ड सिस्टममा ५ लाख मिडिया क्षेत्रमा ८० हजार स्टेसनरि खर्चमा ७० हजार होटेल खर्चमा २ लाख गरेर टोटल जम्मा खर्च २६ लाख ८० हजार भएको बताईएको छ ।
सबै खर्च कटाएर ७० हजार बचत भएको र यसबाटै रुक्मिणि माविलाई सहयोग स्वरुप ३० हजार ५ सय दिदाँ अब आयोजक संग जम्मा टोटल रकम ३८ हजार पाँच सय संस्थाको नाममा रहने आयोजकले जानकारी दिएको छ । साथै आयोजकले सरकारि तथा गैरसरकारी कार्यालयहरुबाट र व्यक्तिगत तर्फबाटसहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिदैं आभार प्रकट पनि व्यक्त गरेको छ ।
धेरै आरोह तथा अवरोहका बावजुत पनि छोटो समयमा भव्य सफलताका साथ महोत्सव सम्पन्न भएको आयोजकको दावी रहेको छ । आफुहरुको पनि केहि कमि कमजोरि अवस्य भएको र
स्थानीय मौलिक कला संस्कृति लगाएत धेरै कुरा छुटेको पनि आयोजकको निष्कर्ष रहेको छ ।
विशेष गरि सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय रुक्मिणि माध्यमिक बिद्यालय, व्यापारी सुरक्षाकर्मी मिडियाकर्मि लगाएत महत्त्वपूर्ण व्यक्तित्वहरुबाट ठुलो साथसहयोग मिलेको भन्दै सबैप्रति आयोजकले आभारी तथा धन्यवाद व्यक्त गरेको छ ।
२०७९ चैत ३० गते बाट २०८० बैशाख ११ गते सम्म लागेको महोत्सवमा करिव २० हजार दर्शकहरुको उपस्थित रहेको मा २०८० बैशाख ६ गते भने सरसफाइ तथा विभिन्न कारणहरु देखाउदै आयोजकले महोत्सव बन्द गराएको थियो । महोत्सवमा महानायक राजेस हमाल नायीका रेखा थापा गायक अर्जुन सापकोटा पुष्कर शर्मा, गायिका ज्योति मगर, टीका सानू सान्ति श्री परियार लगाएतका बहुचर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । आगामी दिनहरुमा पनि लोक दोहोरि नृत्य र गायन क्षेत्रमा निरन्तरता दिइनुका साथै आगामि दिनहरुमा यस्ता किसिमका महोत्सवको आयोजना गर्ने आयोजकले बताएको छ ।