सोच परिवर्तन नेपालले वृक्षारोपण गरि आफ्नो दोस्रो वार्षिक उत्सवको उद्घाटन गरेको छ, भरतपुर -१८ बोटेनी, परादेवी तथा महालक्ष्मी मन्दिर साथै भरतपुर -१७ मा रहेको चितवन मनकामना माइ मन्दिरमा वृक्षारोपण गरि वार्षिक उत्सवको उद्घाटन गरेको हो, यस वृक्षारोपण कार्यक्रमका संयोजक अनिश सापकोटाको सभापतित्त्वमा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न-१८ को वडा सदस्य लक्ष्मी शर्मा रहनु भएको थियो । कार्यक्रममा बोटेनी देखि परादेवी तथा महालक्ष्मी मन्दिरका अध्यक्ष देवी प्रसाद ढकाल सहित अन्य सदस्यहरुको उपस्थितमा विभिन्न फुलका बिरुवाहरु मन्दिर परिसरमा रोपिएको छ ।
त्यस्तै चितवन मन्दिरमा मन्दिरका सल्लाहकार रोशन काफ्लेज्यु लगायत अन्य सदस्यहरु सहित वृक्षारोपण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न १८ वडा सदस्य लक्ष्मी शर्माले सोच परिवर्तन नेपालले गरेको कामहरु आफुलाई गर्व लाग्ने र कामहरु सानो देखिए पनि महान काम सोच परिवर्तन नेपालले गर्दै आइरहेको कुरा पनि व्यक्त गर्नु भएको छ । यस कार्यक्रमको सहजीकरण यस सोच परिवर्तन नेपालकी सह- सचीव सुजता गौडेलले गर्नु भएको थियो ।