निराजन सिर्पाली / रुकुम पूर्व : एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यलय रुकुमकोट रुकुम पुर्वको पिपिआर खोप अभियान अन्तर्गत आईतवार रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ धर्मशालामा भेडाबाख्राहरुमा पीपीआर विरुद्दको निःशुल्क पीपीआर खोप लगाईएको छ ।
रोल्पाको सिमा क्षेत्रमा रहेको ७ नम्वर वडाको धर्मशालामा विभिन्न घर तथा टोलहरुमा पुगेर भेडा बाख्राहरुमा पीपीआर विरुद्दको निःशुल्क पिपिआर खोप लगाईएको एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यलय रुकुम पुर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार धर्मशालाको नयाँ गाउँ र पुरानो गाउँका २२ घर धुरिका जम्मा २ सय ११ गाईगोरुमा एफ.एम.डी. १३ घरघुरीका १ सय ४६ वटा भेडाबाख्रामा पिपिआर खोप ९ घरघुरीका ३७ वटा बुङ्गुरहरुलाई स्वईन फिवर र १ कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको हो ।
त्यसतै शनिवार पनि भूमे गाउँपालिकाको वडा नम्बर १ तथा बाग्लुङका सिमावर्ति क्षेत्रहरुमा ५६ घरधुरीका ४ सय ८ भेडा भेडाबाख्राहरुमा पीपीआर विरुद्दको निःशुल्क पीपीआर खोप लगाईएको थियो
साथै आज भूमे गाउँपालिकाको वडा नम्बर २ र ३ का वडाहरुमा भेडा बाख्राहरुमा पिपिआर विरुद्दको निशुल्क पिपिआर खोप लगाइने पनि कार्यलयले जानकारी दिएको छ ।