काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि रोकिएको घरेलु टिम नेपाल र पाहुना टोली यूएईबीचको फाइनल खेल पुनः सुरु भएको हो ।
नेपालले टस जितेर फिल्डिङ रोजेको यूएईले ब्याटिङ गरिरहेको छ । २२ओभरको समाप्तिमा यूएईले ५ विकेटको क्षतिमा ८८ रन जोडेको छ ।