काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नऔं विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको हो ।
नेपालका लागि ललितले तिन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी, गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेको छ ।