युएईले एसिसी प्रिमियर कपको फाइनलमा नेपाललाई एसिया कपको फाइनलमा पुग्न १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो ।
सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो । लगातार वर्षा भएपछि आजलाई खेल स्थगित भएको हो ।
खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरु भएको थियो । मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।
केहीबेरमै नेपालले जवाफी ब्याटिंग गर्नेछ ।