काठमाडौं, १९ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ । उपचारको क्रममा मृत्यु भएका थापाको पाटन अस्पतालमा पोस्ट मार्टम गरिने र भोलि बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जानकारी प्राप्त भएको छ।