चितवन बैशाख १९ : चितवनका सफल पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनि नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनि चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए ।
घटनाको पूर्ण विवरण प्राप्त भएपछी अन्य जानकारी गराइनेछ।