निराजन सिर्पाली : तुलसीपुरमा विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर रुकुम पूर्वका एकजनाकाे मृत्यु भएको छ । २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १२ घर भई हाल क्यु डाई कन्सलटेन्सी प्रालीमा पढाउने शिक्षक २८ वर्षीय महेश बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
करेन्ट लागि गम्भीर घाइते भएका बिकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको भएयता पनि बुधबार साँझ ७ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभएकाे छ ।
साँझ करिब साढे ६ बजेतिर तुलसीपुर ५ स्थित विद्युत कार्यालय नजिकै कन्सलटेन्सीमा जापानिज भाषाको पुरानो विज्ञापन बोर्ड हटाई नयाँ बोर्ड राख्ने क्रममा उक्त बोर्डको फलामले बिद्युत्को पोलको तारमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ।
यस्तै करेन्ट लागेर सोही कन्सल्टेन्सीको विद्यार्थी रूकुम पूर्व भुमे गाउँपालिका ४ बस्ने १८ वर्षीय मनिता बिक र रूकुम पूर्व कै पुथा उत्तरगङ्गा गाउँपालिका घर भई बोर्ड परिवर्तनका लागि सहयोगीका रुपमा आएको १६ वर्षीय अर्जुन बिक रहेको प्रहरीले काे प्रारम्भिक अनुसन्धानमा खुलेको हाे ।
प्रहरीका अनुसार मनिताको बायाँ हातको पौँजा र दाहिने हातको कुहिनामा करेन्ट लागेको हुँदा अवस्था गम्भिर रहेको र अर्जुनको दाहिने हातको कुहिनामा करेन्ट लागेको र अवस्था सामान्ने रहेको बताइएको छ।
दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।