ओम शान्ति एकेडेमी स्काउट ट्रुपद्वारा आयोजित अन्तर बिद्यालय स्काउट ट्रुप नृत्य प्रतियोगितामा भ्रद्रकुमारी स्कुल प्रथम भएको छ । त्यस्तै स्काइराइडर स्कुल द्वितीय र चित्रबन सेकेण्डरी स्कुलले तेस्रो स्थान हासिल गरेका छन ।
प्रथम, द्वितीय र तृतीय हुने स्कुलले क्रमशः ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।जिल्ला भित्र रहेका सामुदायिक र सस्थागत बिद्यालहरुको बिचमा सुमधुर सम्बन्ध र आपसी भाइचारा बढाउने उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा जिल्ला भरी बाट सामुदायिक र सस्थागत गरि १७ स्कुलको सहभागीता रहेको थियोे ।
प्रतियोगिताको समुद्वघाटन गर्दै भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले एक घर एक स्काउटको अबधारणामा जानु पर्नेमा जोड दिनु भयो । व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ भन्नेमा उपप्रमुख अधिकारीको भनाइ थियो ।
भरतपुर महानगरपालिकाको प्रमुख स्काउट समेत रहेका अधिकारीले बिद्यार्थीहरुलाइ अध्ययनको अलवा अतिरिक्त क्रियाकलापमा जोड दिन यस्ता प्रतियोगिताहरु थप सान्दर्भिक हुने पनि उल्लेख गर्नु भयो । अतिरिक्त क्रियाकलाप आजको आबश्यकता भएको अधिकारीले बताउनु भयो । अध्ययन सगसगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाइ जोड दिदा त्यसको प्रतिफल सोचे भन्दा फरक आउनेमा उहाको बिश्वास थियो ।