गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव
ज्याेति आधारभूत विद्यालयमा पाण्डवखानीमा जन्मनु भइ हाल काठ्माण्डौमा बसोबास गर्ने क्याप्टेन कृष्ण शेरचन (तेजमान ) ले आफ्नो स्वर्गीय बाबा दल प्रसाद र स्वर्गीय आमा धना देवी शेरचनको नाममा रहेको रू १,२५,०००।- अक्षय कोष मा यो बर्ष रू ५०,०००।-थप गरी रु १,७५,०००।- अक्षय कोष जम्मा गर्नुभएको छ। त्यस्तै पाण्डवखानीमा जन्म भई हाल बेलायतमा कार्यरत प्रेम श्रीसले यसै विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्याथीहरूको लागी शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
देश तथा विदेशमा रहेर पनि विद्यालय प्रति माया सत्भाव देखाएर अमुल्य याेग्दान गर्नु हुने सहयोगी मनहरुलाइ विद्यालयकाे तर्फबाट प्रध्यानापक चन्द्रकुमारी श्रीसले धन्यवाद संगै आभार व्यक्त गर्नु भएको थियाे।
क्याप्टेन कृष्ण शेरचन (तेजमान ) द्धारा १,७५,०००।- अक्षय कोष जम्मा।
क्याप्टेन कृष्ण शेरचन (तेजमान ) द्धारा १,७५,०००।- अक्षय कोष जम्मा।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु