काठमाडौं, वैशाख २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भागेर सिंगापुर गएको हल्ला झुट भएको छ । उनी भागेर सिंगापुर गएको हल्ला सामाजिक सञ्जालमा फैलिएपनि उनी काठमाडौँमै रहेको उनको सचिवालयले जानकारी दिएको हो ।
आरजु हिजो विभिन्न कार्यक्रममा सहभागितापछि राति काठमाडौं फर्किएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । भानुका अनुसार अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी थिइन् । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरिन् । त्यसैगरी हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन् ।