निराजन सिर्पाली / रूकुम पूर्व
२०८० जेठ ५ गते , शुक्रबार
आज रुकुम पूर्वकाे सिस्ने गाउँपालिका वडा नम्बर ५ धाउन्ने मा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यक्रम रुकुम पूर्वकाे मातहत काे अस्थायी प्रहरी पोष्ट धाउन्ने रुकुम पूर्वले सिस्ने गाउँपालिका वडा नम्बर ५ धावने बजारमा स्थानियहरुको सहभागितामा अस्थायी प्रहरी पाेस्ट धाउन्ने द्वारा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हाे ।
प्रहरीले पछिल्लो समयमा समाजमा हुने विभिन्न सामाजिक अपराध, सडक सुरक्षा तथा ट्राफिक नियम आदि थुप्रै सचेतना मुलक सम्बन्धी कार्यक्रम अभियानकै रुपमा निरन्तर गरिरहेकाे छ ।
उक्त कार्यक्रममा त्यहाँका स्थानिय युवा तथा सवारी चालकहरुकाे उपस्थिति रहेकाे थियो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबै नागरिक सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेत बनुन भन्ने उदेश्यले उक्त कार्यक्रम गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।