अम्मर खत्री / रुकुम पूर्व :
२०८० जेठ ११ गते, बिहीबार
आज सिस्ने गाउँ पालिकाकाे समन्वयमा एक बैठक बसी अपाङ्गता भएका बालबालिकाहरुका लागी शिविर संचालन गर्ने निर्णय गरिएको छ ।
सिस्ने गाउँपालिकामा शारीरिक अपाङ्गगता भएका बालबालिकाहरुका लागि एक दिने शिविर संचालन हुने भएको छ । यहीँ जेठ २२ गते अपाङ्ग बाल अस्पताल पुन:स्थापना केन्द्र HRDC काे आयोजना र सिस्ने गाउँपालिकाकाे समन्वयमा शिविर सञ्चालन हुने भएको हो ।
१८ बर्ष सम्मका शारीरिक अपाङ्गगता भएका बालबालिकाकाे जन्म जात पाैतला फर्केको , आगाेले पाेलेर एक आपसमा अंगहरु टाँसिएको , हड्डीहरु भाँचिएको,बाङ्गाे भएको वा हड्डी नजाेडिएकाे ,खृट्टा लृलाे र कमजोर भएको , ढाङ बाङ्गाे कुप्राे भएको,जाेर्नीहरु र घुँडा काे पाङरा खुस्किएकाे जाेनीहरु दुख्ने र सुन्निने समस्या भएको, औला हरु आपसमा टाँसिएको वा बढी भएको अन्य हाडजोर्नी सम्बन्धि समस्या भएका र सहायक सामाग्री तथा कृतिम अङ्काे आवस्यक भएकाहरुलाई सेवा तथा उपचार गरिने बताएको छ ।
उपचार गर्नका लागि स्वस्थ्य संग सम्बन्धि बिज्ञ टाेलिलाई ल्याइने र उक्त शिविर सञ्चालन सिस्ने गाउँपालिका कार्यलयमा गरिने आयोजकाले जानकारी दिएको छ । त्यस्तै शिविरमा उपस्थित भई सेवा लिन पनि अपाङ्ग संघ सिस्ने गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।
साथै आज बसेकाे बैठकले यस्तो निर्णय गरेको हो सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेक्मी काे अध्यक्षतामा बसेकाे बैठकमा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास बिक्रम साह , सिस्ने ५ का वडा अध्यक्ष बिरेन्द्र बस्नेत , ६ नम्बर वडा का वडा अध्यक्ष पुर्ण जङ मल्ल गैरसरकारी संस्था महासंघ नेपाल रुकुम पुर्ब का अध्यक्ष लिलामनी गाैतम , अपाङ्ग संघ सिस्ने गाउँपालिका अध्यक्ष कमासीङ खत्री लगायतको उपस्थित रहेको थियो ।