निराजन सिर्पाली / रुकुम पूर्व :
२०८० जेठ १७ गते, बुधबार
सिस्ने गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० काे दाेस्राे चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सिस्ने गाउँपालिकाले आज एक कार्यक्रमका विच सिस्ने गाउँपालिका गाउँ कार्यपालिका काे प्राङ्गणमा आर्थिक वर्ष २०८९/०८० काे दाेस्राे चौमासिक सार्वजनिक सुनुवाइ गरेको हाे ।
सिस्ने सरकारले गरेको प्रगति विवरण तथा सुधार गर्नुपर्ने विषय हरुमा सल्लाह सुझावलाई ग्रहण गर्ने उदेश्यले यस सार्वजनिक सुनुवाइ कार्यक्रम राखेकाे सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकाश विक्रम शाहाले बताउनुभएको छ ।
कार्यक्रममा बाेल्दै अध्यक्ष रेग्मीले सबैले दिएको सल्लाह सुझावहरुलाई सकारात्मक काेणले हेरेको तर प्रश्न गर्ने व्यक्तिले प्रष्ट संग प्रश्न नगरी थेगाेकाे रुपमा प्रश्नहरु आएकाले साेध्ने लाई पनि अफ्ट्यारो जवाफ दिनेलाई पनि गार्हो हुने भएकाले प्रमाण सहित बाेल्दा आफुहरुलाई काम गर्न सजिलो हुने भन्दै प्रमाण सहित र तथ्य भित्र बाेल्न र प्रश्न गर्न सबैमा आग्रह गर्नुभएको थियो ।
त्यस्तै उपाध्यक्ष गाेपाल रेउले ले पनि अनुगमन मात्रै हुन्छ की एक्सन मा पनि सिस्ने सरकार जान्छ भन्ने प्रश्नमा उत्तर दिदै आफुहरुकाे पहिलो कार्यकाल भएकाले पहिलो पटक सल्लाह सुझाव दिइएको र अबको दिनहरूमा कुनै पनि काम तथा सिस्ने सरकारकाे अधिकार भित्र पर्ने सम्बन्धित ठाउँ वा निकायहरुमा एक्सनमा उत्रीने बताउनुभएको छ ।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा ८ ओटै वडाका वडा अध्यक्ष तथा वडा सदस्य हरु , बजेट ,विकास तथा सरकारले सञ्चालन गरेका कामहरुकाे चासो राख्ने बिशिस्ट व्यक्तित्वहरु, शिक्षक ,नागरिक समाजका अगुवाहरू , राजनिती दलका प्रमुख तथा प्रतिनिधि हरुले आफुलाई लागेका जिज्ञासा तथा सुझाव मुलुक प्रतिक्रिया राखेका छन ।
उक्त प्रश्न तथा प्रतिक्रिया हरुलाई प्रमुख प्रशासकीय अधिकृत , गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष , सम्बन्धित शाखाका प्रमुख हरुले उठेका प्रश्नहरुका उत्तर दिदै सल्लाह तथा सुझावहरुलाई सबैले सकरात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी काे अध्यक्षता मा सुरु भएको दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा जिसस प्रमुख मेघ बहादुर श्रेष्ठ , जिसस उपप्रमुख माेहाेन केसी , प्रमुख प्रशासकीय अधिकृत बिकास विक्रम शाहा , सिस्ने गाउँपालिका गाउँकार्य पालिका सदस्यहरू , विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका अगुवा , बुद्धिजीवी , शिक्षक पत्रकार , तथा चासो राख्ने व्यक्तित्वहरुकाे उपस्थिति रहेको कार्यक्रमकाे सहजीकरण पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो ।