बुटवल । जिल्लाको शुद्धोधन गाउँपालिका मानपकडी नजिकैकाे चण्डाल चोकमा कार दुर्घटना हुँदा एक जना महिला गम्भीर घाइते भएकी छन्।प्रदेश ३-०१०२२ च ३६५६ नम्बरको कार रातीकाे १२ बजेको दुर्घटना हुँदा कारमा सभार ५ जना नै घाईते भएको प्रहरी कार्यालय फर्साटिकर जनाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा कारको गति अत्यधिक बढी भएको कारण नियन्त्रण भन्दा बाहिर गई दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।कारमा सवार ४ जना अबस्था सामान्य चाेट पटक लागे पनि १ जान महिला महिला गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ।मानपकडी बाट फर्साटिकर आइरहेको कार आज राती सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियाे।

